स्वाभिमान लघुवित्तको ‘आइपिओ’ आइतवार बाँडफाँड हुने

काठमाडौं । यहि आइतवार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ‘आइपिओ’ बाँडफाँड हुने भएको छ । 

लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतवार विहानै ‘आइपिओ’ बाँडफाँड हुने भएको हो । लघुवित्तको आइपिओमा ३ लाख २७ हजार ४ सय ४७ आवेदकबाट ६० लाख ६१ हजार ७ सय ७० कित्ता ‘६० करोड ६१ लाख ७७ हजार’ रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ । 

लघुवित्तले जारी पूँजीको ३२ दशमलब ११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।

स्वाभिमान लघुवित्तले निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी  रहेको एक लाख ८५ हजार ५ सय ८७ कित्ता शेयर मात्र सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?