दुवै खुट्टा गुमाएका हरिबुढाको सगरमाथा आरोहण मोह, भन्छन्, सर्वोच्च शिखरबाट गोर्खालीको गौरव सुनाउँछु

युद्धमा दुवै खुट्टा गुमाएका हरिबुढाको साहसिक यात्रा

काठमाडौं । यदि मसँग गोर्खाली हुँदा हुन् त संसारका कुनै सेनाले मलाई जित्न सक्ने थिएनन् । हिटलरले भनेका यी शब्दले गोर्खालीको इतिहास बोल्छ । त्यही इतिहास जसको आडमा अहिले पनि हामी आफ्नो शिर उचाल्छौं, छाती फूलाउँछौं । खुकुरी नचाएर दुश्मनको मुटु कमाउने सामथ्र्य बोकेका यिनै गोर्खालीका कारण हामीले जुन मानसम्मान कमाएका छौं त्यसका लागि धेरै सपूतले ज्यान गुमाएका छन् । धेरै आमाहरुका काख रित्तिएका छन्, धेरैजनाको सिउँदो पखालिएको छ ।

ही इतिहास जसको आडमा अहिले पनि हामी आफ्नो शिर उचाल्छौं, छाती फूलाउँछौं ।

मर्ने र मार्ने संकल्प लिएर युद्धभूमिमा उत्रिने कतिपय वीर सेनाहरु कहिल्यै फर्किदैनन् भने केही फर्किनेहरु पनि आधा शरीर बोकेर फर्किन्छन् र जीवनभर युद्धको छाप लिएर बाँच्छन् । त्यस्तै एउटा अमिट छाप लिएर बाँचिरहेका छन् हरिबुढा मगर । युद्धले उनको दुवै खुट्टा लगिदियो । र बाँच्ने इच्छा पनि ।

१ सेकेन्डको त्यस घटनाले उनका कैयौं घण्टा, महिना र वर्षहरुलाई प्रभाव पा-यो । घटनापछि हरिसँग सास त रह्यो तर, त्यसलाई डो-याउने खुट्टा रहेनन् । त्यस दिनदेखि उनले आफ्नो आत्मबल र इच्छाशक्तिले नै आफूलाई डो-याइरहेका छन्, संसारका कुनाकुनामा र त्यहाँ भेटिने मानिसहरुको मनमनमा । अहिले उनी ‘मोटिभेस्नलस्पीकर’का रुपमा देशविदेशका विश्वविद्यालयहरुको भ्रमण गर्छन् । परिवारसँगै बेलायतमा बस्ने उनले अबको समय भने आफ्नै देशमा अनुकरणीय कार्यहरु गरेर बिताउने योजना बुनेका छन् ।

सेकेन्डको त्यस घटनाले उनका कैयौं घण्टा, महिना र वर्षहरुलाई प्रभाव पा-यो । घटनापछि हरिसँग सास त रह्यो तर, त्यसलाई डो-याउने खुट्टा रहेनन् । 

हिमालसँग उनको विशेष लगाव छ । दुवै खुट्टा गुमाएपछि कृत्रिम खुट्टाको सहारामा हिमाल चढ्ने पहिलो व्यक्तिका रुपमा उनले विश्व कीर्तिमानी समेत राखिसकेका छन् । खुट्टा हुँदा असम्भव जस्तो लाग्ने क्रियाकलाप आजकल उनका लागि रमाइला एड्भेन्चर भएका छन् ।

अब हरिलाई नेपाललाई संसारभर चिनाउने सगरमाथाको टुप्पोमा बसेर जोडजोडले गोर्खालीको गौरव गाथा सुनाउन मन छ । आफ्ना शरीरका छापहरु सगरमाथालाई देखाउन मन छ जो उनको बहादुरी र आत्मविश्वासको प्रतीक हो । सगरमाथालाई भन्न मन छ, ‘तिमी जतिकै उच्च छ हामी गोर्खालीको कद ।’

हरिबुढा मगरको साहसिक यात्रा हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?