अनलाइन सपिङ वेबसाइट अमेजन बहिष्कार गर्न आह्वान

एजेन्सी । अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ । यसको भारतीय समाजिक सञ्जालमा ठूलो विरोध भइरहेको छ । 

बिहीवार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन (अमेजन वहिष्कार गरौं)’ टे«ण्डमा रह्यो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्वीर देखिन्छ । 

यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउन थालेका छन् । मानिस एक अर्कोलाई अमेजनलाई बहिष्कार गर्न आह्वान गरिरहेको देखिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?