धनकुटामा एक युवकको छुरा प्रहरी गरी हत्या

काठमाडौं । धनकुटामा एक युवकको छुरा प्रहरी गरी हत्या भएको छ । 

आइतवार बिहान महालक्ष्मी नगरपालिका २ डाँडागाउँका २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको छुरा प्रहरी गरी हत्या भएको हो । 

गाउँमा लागेको चण्डी पूर्णिमा मेलामा भेला भएका दुई पक्षबीच विवाद हुँदा स्थानीय २५ वर्षीय घनेन्द्र लिम्बुले थम्फरामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

बिहान करिब ५ बजे दुई पक्षबीच भएको झडप भएको थियो । 

झडपका क्रममा घाइते भएका सन्तोषको घटनास्थलमै मृत्यु भएको एसपी  गुरुङले जानकारी दिए । 

हत्यामा संलग्नलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । 

घटनामा संलग्न अन्य दुई जना भने फरार रहेको र उनीहरुको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?