सुनको मूल्य घट्यो

काठमाडौं । आइतवार सुनचाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ६० हजार २ सयमा कारोबार भएको छापावाल सुनको भाउ आइतवार तोलामा २ सयले घटेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । 

चाँदी भने तोलामा ७ सय १० मा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?