काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दशरथ चन्द नगरपालीका ११ नामीगाडमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन् ।
ग १ ज ४९२१ नम्बरको जीप आइतवा दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
यसैगरी आजै बिहान काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खसेको थियो ।
सो दुर्घटनामा एक महिलासहित ४ जना पुरुषको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया