नेपाल लाईफ इन्स्योरेन्सको ४८ दशमलब ५० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको १९ औँ वार्षिक साधारण सभाले ४८ दशमलब ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट शेयरधनीलाई ४८ दशमलब ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको शनिवार मात्र अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा साधरण सभा सम्पन्न गरेको थियो र उक्त साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३ दशमलब ५० ‘कर सहित’ वितरणको प्रस्ताव पारित गरेको हो । बोनस शेयर बाडेपछि  कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार पुगेको छ ।

साधरण सभाबाट आर्थिक वर्ष २०७४-७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको हो । 

हाल इन्स्योरेन्स कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?