नेपाल कम्यूनिटी विकाश बैंकको खुद नाफा ५९ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल कम्यूनिटी विकाश बैंकले खुद नाफामा ५९ दशमलब ०१ प्रतिशतले सुधार गरेको छ । 

विकाश बैंकको गत वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा ५९ दशललब ०१ प्रतिशतले सुधार गरेको हो । 

बैंकले गत आर्थिक वर्षको यही अवधिमा २ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, चैत मसान्तको तुलनामा बैंकले खुद नाफा १ करोड २७ लाख रुपैयाँले बढाएर ३ करोड ४३ लाख रुपैयाँ पु-याएको हो । 

बैंकको आम्दानी बढ्दा खुद नाफामा भने सुधार आएको छ ।  गत वर्ष बैंकले २ करोड ४५ लाख रुपैयाँ मात्रै आम्दनी गरेको थियो । तर, बैंकले यस अवधिमा ३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको हो।

बैंकले यस अवधिमा ३ अर्ब ३७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १२ करोड ५६ लाख बराबरको रकम कर्जा परिचालन गरेको छ ।

बैंकले ३१ करोड ७१ लाख ब्याज आम्दानी र १९ करोड ५२ लाख ब्याज खर्च गरी १२ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ८ करोड ७० लाख खुद ब्याज आम्दानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?