नेपाल टेलिकमले ल्यायाे १० पैसामा एक मिनेट कुराकानी गर्न सकिने अफर

काठमाडौं–  नेपाल टेलिकमले फेरी पुरानो समय फिर्ता ल्याइदिएको छ र दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो ।

यो सेवा उपभोग गर्नका लागि मोवाइलमा voice लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध रहेकेा टेलिकमले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?