नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूअन्तर्गतका सबै यातायात समिति र व्यवसायीलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन सूचना जारी गरेको छ । महासंघले आइतबार कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ अनुसार सम्पूर्ण यातायात व्यवसायीलाई कम्पनीमा दर्ता गर्न सूचित गरेको हो । यससँगै महासंघमा आबद्ध २ सय ९४ वटा यातायात समितिका साढे ३ लाख सवारीसाधन कम्पनीअन्तर्गत आउनेछन् ।
कम्पनीमा दर्ता भएको जानकारी यातायात कार्यालयलाई बुझाउनसमेत सूचनामा उल्लेख गरेकोे छ । तोकिएको समयावधिभित्र यातायात व्यवसायी दर्ता नगरिएमा महासंघ जवाफदेही नहुनेसमेत सूचनामा उल्लेख छ । महासंघका महासचिव सरोज सिटौलाले सरकारले १ वर्षअघि नै कम्पनीमा ल्याउने निर्णय गरेको भए पनि केही ढिला भएको, तर सबैको चाहनाअनुसार कम्पनीअन्तर्गत आएको बताए । त्यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले व्यवसायीले सरकारको निर्णय मान्नु सकारात्मक भएको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया