प्रहरीले गोली प्रहार गरी समात्यो विष्णु तामाङलाई

काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । 

काठमाडौंको टोखाबाट गोली हानेर तामाङलाई पक्राउ गरेको हो । 

प्रहरीको गोली लागेर घाइते भएका तामाङको बीर अस्पतालमा  उपचार भइरहेको छ । उनको दायाँ खुट्टामा गोली लागेको थियो । 

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको र वीर अस्पतालमा तामाङको उपचार भइरहेको जानकारी दिए ।

६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थापाले बताए । 

यसैक्रममा तामाङ टोखामा रहेको विशेष सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमवार बिहान ८ बजे त्यसतर्फ गएको थियो ।

‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए ।’ थापाले भने, ‘त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो ।’

सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङ ६ वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका थिए । कैद सजाय भुक्तान गरेर निस्किएपनि उनी पुनः अपराधीक क्रियाकलापमै संलग्न रहेको प्रहरीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?