नेपाल लाइफ इन्स्योरेन्स ले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चुक्त पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई चुक्त पूँजीको २५ प्रतिशत बोनस शेयर दिने भएको हो । 

शनिवार वीरगञ्जमा सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३.५० (कर सहित) वितरणको प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५४ अर्ब ९९ करोड ६१ लाख ६० हजार ८ सय १० हुनेछ ।

साथै साधारणसभाबाट आर्थिक वर्ष २०७४ र ०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु स्वीकृत भएको कम्पनीले जनाएको छ । 

समिक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी नेपाल लाइफ इन्स्योरेन्सले दिएको छ । 

हाल नेपाल लाइफको लगानी ६७ अर्ब रहेको छ । त्यस्तै जीवन बीमा कोष ५९ अर्ब र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको देशभर १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरु रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?