दुई लाख ५६ हजार राजश्व सङ्कलन

काठमाडौं । अस्थायी ट्राफिक प्रहरी पोष्टले जिल्लामा सवारी नियम उलङ्घन गर्ने १ सय ७० सवारी चालकबाट जरिवानाबापत २ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । 

जरिवानाबापत फागुनमा  ७५ हजार ५ स, चैतमा ८६ हजार ५ सय र वैशाखमा ९४ हजार सङ्कलन गरिएकोे उक्त पोष्टले जनाएको छ । 

उक्त पोष्टमा एक प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार र तीन प्रहरी जवान गरी पाँच प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरीले पटकपटक हुने सवारी नियम उलङ्घनबारे सरोकारवालासँग कुरा समेत गर्दै आए पनि जरिवाना घटनाको सटो बढ्दै आएको छ ।  
    
क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स नबोक्नेका साथै सवारी नियम उलङ्घन गर्ने गरेकाले कारवाही गर्नुपरेको उक्त पोष्टका प्रहरी हवलदार हेमबहादुर कठायतले बताए । 

जरिवानाबाट उठेको रकम प्रत्येक महिनाको अन्तमा राजश्व खातामा जम्मा हुँदै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?