शेयर बजार  नौ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज ‘सोमवार’ पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब १३ बिन्दुले घटेर एक हजार ३०७ दशमलब ७१ अङ्कमा झरेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ९९ बिन्दुले घटेर २७९ दशमलब ८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । जलविद्युत् १६ दशमलब ५९ र अन्य २ दशमलब ७६ बिन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ ७ दशमलब २७, होटल ४ दशमलब ५८, विकास बैंक २० दशमलब ३५, वित्त १९ दशमलब ९६, निर्जीवन बीमा ११९ दशमलब २५, उत्पादन ५२ दशमलब ६९, लघुवित्त १६ दशमलब ८२, जीवन बीमा ८५ दशमलब ४४ र सामूहिक लगानी कोष ० दशमलब १९ बिन्दुले घटेको छ । 

शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड २१ लाख ६० हजार २९३ मा कारोवार भएको छ ।

त्यस्तै नेपाल बैंक लिमिटेड २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी चार करोड ४७ लाख सात हजार ५६७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलब ९१, मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलब ७०, सिन्धु विकास बैंक ९ दशमलब २९, वेस्ट फाइनान्स कम्पनी ९ दशमलब २८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलब ०९ प्रतिशतले कमाएका छन् । 

त्यस्तै आज पाँचथर पावर कम्पनी ७ दशमलब ७६, मिथिला लघुवित्त वित्तीय संस्था ७ दशमलब २५, शिवम् सिमेन्ट ५ दशमलब ४०, रिडी हाइड्रो पावर ५ दशमलब ०५, कन्काई विकास बैंकका शेयरधनीले ४ दशमलब ७६  प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?