लक्ष्मी उदीयमान खेलाडी

काठमाडौं । दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ उदीयमान खेलाडी घोषित भएकी छन् ।

त्यसवापत लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम संकलन गरी ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका छिरिङ लामाले स्वर्ण जिते । पुरुष थाइची छ्वानमा बुद्ध प्रकाशका आकाश लुङगेली तथा महिलामा बुद्ध प्रकाशकै मारिया राई पहिलो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल, आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपोनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको राखेपकी सदस्य इन्दिरा निरौलाले उद्घाटन गरेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?