कासिलासको सम्मानमा ‘गोलकिपर डे’ मनाइने

एजेन्सी । स्पेनिस फुटबल फेडेरेसनले गोलकिपर इकर कासिलासको सम्मानमा ‘गोलकिपर डे’ को घोषणा गरेको छ । 

भेट्रान गोलकिपर कासिलासलाई केही साता पहिले मात्र अभ्यासका दौरान हृदयघात भएको थियो । फेडेरेसनले कासिलासको लगनशिलता र मेहेनतको सम्मान गर्दै मे २० तारिखलाई ‘गोलकिपर डे’ को रुपमा मनाउने घोषणा गरेको हो ।

गोलकिपर कासिलासको ३८ औँ जन्म दिनको अवसर पारेर फेडेरेसनले ‘गोलकिपर डे’ मनाउन लागेको हो । सन् २०१० मा कासिलासकै कप्तानीमा स्पेनले विश्वकप फुटबलको उपाधि जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?