फरार अभियुक्त वीरभान चार वर्षपछि पक्राउ

बैतडी । हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमवार पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् ।
 
उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक  रवीन्द्र चन्दले जानकारी दिए । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा  विसं २०७३ जेठ १८ गते एक वर्ष कैद सजाय सुनाएको थियो ।

उनी यसअघि फरार रहेका थिए । पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?