एकै परिवारका ९ जनाको हत्या प्रकरण : एकजनाले मारे नौजना ! को हुन् नकाबधारी ?

पाँचथरमा एकै परिवारका ९ जना मारिएको घटनामा एक व्यक्तिको संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

हत्याकाण्डको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी  नरेन्द्र कुँवरले प्रारम्भिक अनुसन्धानबाट अहिलेसम्म एक जनाको स‌ंंलग्नता खुलेको लोकपथलाई बताए । 

उनले भने, ''स्थानीयको बयान, घटनाको स्थिती,  अन्य जानकारीबाट एक जनाको स‌ंंलग्नता खुलेको छ। थप अनुसन्धान भइरहेको छ ।  स्थानीयहरुसँग सोधपुछ जारी छ । ''

चारजनाको परिवारमा तीन जना पुरुष र एक महिलाको काटेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

अर्को घटनामा एकजना भागेर बाँच्न सफल भएकी छन्। घटनास्थलबाट भाग्न सफल भएकी बालिकाले एकजना नकाबधारी मान्छे मात्र देखेको बताएको प्रहरीले जनाएको छ  ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत लगिदै छ । _प्रतिकात्मक तस्वीर  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?