यी ठाउँमा नउडाउनुहोस् ड्रोन, पर्नुहोला फन्दामा !

सरकारले अतिविशिष्ट पदाधिकारीहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्ष लगायतका निवास वरिपरि ड्रोन उडाउन निषेध गरेको छ ।

सरकारले ड्रोन उडानसम्बन्धी नयाँ कार्यविधि तयार गरी अति विशिष्ट पदाधिकारीहरुको निवासको १ किलोमिटर दूरीभित्र ड्रोन नउडाउन भनेको हो । 

विशिष्ट पदाधिकारीहरुको निवास, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, उपत्यकाका माइतीघर मण्डला, भक्तपुर, ललितपुर र काठमाडौं दरबार स्क्वायर, स्वयम्भुनाथ, बौद्धनाथ,बुढनिलकण्ठ लगायतका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक क्षेत्रहरुमा समेत ड्रोन उडाउन निषेध गरिएको छ । त्यस्तै सेना, सशस्त्र वा नेपाल प्रहरीको मुख्यालय, अन्तर्राष्ट्रिय विमानस्थल वरिपरि पनि ड्रोन उडाउन निषेध गरिएको छ भने दुई देशबीचको सीमा क्षेत्रमा ५ किलोमिटर सम्म ड्रोन उडान निषेध गरिएको छ ।

 

सरकारले क्षेत्र पनि वर्गिकरण गरेको छ । वर्गीकरण गरिएका अति संवेदनशील, मध्यम र सामान्य क्षेत्रमध्ये मध्यम क्षेत्रमा उडान भर्न सरकारको पूर्व स्वीकृति लिनुपर्छ भने सामान्य क्षेत्रमा पूर्वस्वीकृत लिनुपर्ने छैन । _प्रतिकात्मक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?