युवा स्ट्राइकर एमबाप्पे ‘पीएसजी’ नै रहने

एजेन्सी । युवा स्ट्राइकर केलियन एमबाप्पे अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन ‘पीएसजी’मा नै रहने भएका छन् ।  

विश्वकप विजेता फ्रान्सेली टिमका खेलाडी एमबाप्पे ‘प्लेयर अफ दि अवार्ड’ जितेपछि उनी ‘पीएसजी’मा रहनेबारे क्लबले जानकारी दिएको हो । 

पीएसजीले विज्ञप्ती जारी गर्दै क्लब र एमबाप्पेबीच धेरै बलियो सम्बन्ध रहेको उल्लेख गरेको छ । उनी सन् २०१७ मा मोनाकोबाट पीएसजीमा आवद्ध भएका थिए । लोनमा पीएसजी आएका एमबाप्पेलाई १ सय ६६ मिलियन पाउण्डको सम्झौतामा स्थायी बनाईएको थियो ।

त्यतिबेला नेयमार पछि एमबाप्पे विश्व फुटबलका सबै भन्दा दोस्रो महङ्गा खेलाडी समेत बनेका थिए । उनले पीएसजीमा ८६ खेल खेल्दै ५९ गोल गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?