पाँचथर सामूहिक हत्या प्रकरण, मृतकको सनाखत

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा गयराती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएका सबैको सनाखत भएको छ ।

गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । 

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको स्थानीयले बताए । 

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । 

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।उनको उपचार भइरहेको छ ।

मध्यरात भएको घटना स्थानीयवासीले बिहानमात्रै थाहा पाएका थिए ।

घाइतेले प्रहरीलाई बताएअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।प्रहरीले घटनाको अनुसन्धान भइरहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?