समुद्री सतह सोचेभन्दा निकै बढ्ने पूर्वानुमान, के हुन्छ अब ?

वैज्ञानिकहरुले विश्वव्यापी रुपमा समुद्र्री सतह पूर्वानुमान गरिएभन्दा निकै नै बढ्ने बताएको बिबिसीले जनाएको छ ।  

उनीहरुले यसो भन्नुमा ग्रीनल्याण्ड र अन्टार्कटिकाको हिउँ पग्लिनुलाई आधार मानिएको छ ।

विगतदेखिनै विश्वको समुन्द्रको सतह सन २१०० सम्ममा एक मिटरभन्दा कम सम्म उठ्ने पूर्वानुमान गरिएको थियो । 

नयाँ अध्ययनले त्यो संख्या भन्दा अब दोब्बर हुन सक्ने जनाएको छ ।समाचारमा भनिएको छ कि, विज्ञको धारणा अनुसार यसरी पूर्वानुमान गरिएको हो । 

सो प्रतिवेदनका लेखकले सयौं मिलियन मान्छे समुद्री सतह बढ्नाले  विस्थापित हुनुपर्ने सम्भावना रहेको छ  ।

२०१३मा निस्किएको यसअघिको  रिपोर्टमा समुन्द्री सतह ५२ देखि ९८ सेमी सम्म सन् २१०० सम्ममा बढ्ने जनाइएको थियो । धेरै विज्ञले त्यसलाई पुरातन पाराको अनुमान भनेको बीबीसीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?