संसारकै सबैभन्दा फास्ट इन्टरनेट कहाँ छ ?

के तपाई ईन्टरनेट चलाउनु हुन्छ ? वेलावेला इन्टरनेट ढिलो चलेर हैरान पनि हुनु भएको छ होला । यदि छ भने तपाईंलाई थाहा छ संसारमा सबैभन्दा छिटो ईन्टरनेट कहाँ चल्छ र कसले प्रयोग गर्छ ? 

संसारमा सबैभन्दा सुपर फास्ट ईन्टरनेट अमेरिकाको नाशाले प्रयोग गर्छ । नाशा अमेरिकाको राजधानी वासिंगटन डिसीमा अवस्थित छ । जसको ईन्टरनेट स्पीड ९१ गिगाबाईट प्रति सेकेन्ड छ ।

तुलनाको लागि, अमेरिकामा ब्रोेडबेन्डहरु सबैको प्रति सेकेन्ड ६.६ मेगाबाइट ईन्टरनेट प्रयोग हुन्छ जुन नाशाको भन्दा  १३ हजार गुणा ढिलो हो । नाशाले भारी डाटा स्थानान्तरण र अन्य कामका लागि सार्वजनिक इन्टरनेट प्रयोग गर्दैन । यहाँ ‘स्याडो नेटवोर्क’ प्रयोग गरिन्छ जसलाई ‘ईनर्जी साईन्स नेटवर्क’ भनिन्छ । यो हामीले घरमा जडान गरेको ईन्टरनेट भन्दा १३ हजार गुणा छिटो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?