ढल्कुबासी उत्रीए सडकमा, ठेकेदार कम्पनी के भन्छ ?

कुइरीमण्डल धुलोले वाक्क भएर ढल्कुबासी आन्दोलनमा उत्रेका छन् । 

केही समयअघि बौद्ध, सुनाकोठी, थेचो, चापागाउँका स्थानीयले बाटो अवरुद्ध गरी सडक पिच गराउन माग गर्दै प्रशासनलाई दबाव दिएपछि बाटो निर्माण धमाधम भएको देखेका स्थानीय स्वस्फूर्त सडकमा उत्रेका हुन् । 

आज काठमाडौंको ढल्कु स्वयम्भू मार्गका स्थानीयबासीले दुई घण्टा बाटो बन्द गराए।

 लामो समयदेखि बाटो पिच नभएको भन्दै वडा १७ को नेतृत्वमा नै स्थानीयले बाटो अवरुद्ध गरेका हुन्।विरोधमा वडाअधयक्ष पनि सहभागी थिए ।

ठेकेदार कम्पनीलेले आफूहरुबाट गल्ती भ्एको भन्दै अब सडकमा आउन नपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?