राष्ट्र बैंकले निष्काशन ग-यो ६ अर्बको विकास ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने लक्ष्यका साथ आज ‘मंगलवार’ विकास ऋणपत्र बिक्री गर्ने भएको हो । केन्द्रीय बैंकले सरकारले गर्ने विकास निमार्णका लागि आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गरेको हो । बैंकले आज ‘मंगलवार’ निष्काशन हुने विकास ऋणपत्र २०८७ ‘ख’ को अवधि ११ वर्षको हुनेछ । 

बोलकबोल प्रक्रियाबाट बिक्री हुने उक्त ऋणपत्रमा ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । 

 प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८० प्रतिशत  ‘४ अर्ब ८० करोड’ तथा अप्रतिस्पर्धीलाई २० प्रतिशत ‘१ अर्ब २० करोड’ छुट्याइएको छ । यस अघि जेठ २ गते निष्कासन गरिएको ७ वर्ष विकास ऋणपत्र ६ दशमलब ५ प्रतिशत ब्याजदर कबुलेर बोलपत्र पेश गरेकाले पाएका थिए।

सरकारले चालु वर्षमा १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेपनि बैंकिङ्ग प्रणालीमा तरलता अभावले सरकारले चाहेजति आन्तरिक ऋण उठाउन सकेको छैन।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?