टोकियोमा सडक दुर्घटना, पाँच घाइते

टोकियो । जापानको राजधानी टोकियोमा आज ‘मंगलवार’ पाँच वटा सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जना पैदलयात्रु घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार एउटा शंकास्पद मिनीट्रक रातोबत्तीको बेवास्ता गर्दै अघि बढेपछि उक्त दुर्घटना भएको थियो । मध्य टोकियोको शिमबासीमा उक्त ट्रकले तीन जना पैदलयात्रुलाई ठक्कर दिएपछि अरु चार वटा सवारीसाधनमाथि बज्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ । उक्त ट्रकले विपरीत दिशाबाट आइरहेको पर्यटक बसलाई ठक्कर दिएपनि त्यस बसमा रहेका ४० जना स्कुले विद्यार्थीहरु सकुशल रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?