जेठ तेस्रो सातामा अन्नपूर्ण म्याराथन प्रतियोगिता हुने

काठमाडौं । यहि जेठको तेस्रो सातामा दोस्रो अन्नपूर्ण म्याराथन प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता जेठ २० गते सञ्चालन गर्ने आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज ‘मंगलवार’ पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो । 

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु हुँदै माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ,  हुँदै घान्द्रुक आएर समापन हुनेछ । 

म्याराथनको विजेताले १ लाख ५ हजार, दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्याराथनमा १ सय बढी नेपाली र विदेशी धावकहरुले सहभागिता रहने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?