प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट जेठ अन्तिम साताबाट शुरु

काठमाडौं । यहि जेठ अन्तिम साताबाट प्रधानमन्त्री कप महिला टी—ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । 

आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले आज ‘मंगलवार’ पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।  प्रतियोगिताको सम्पूर्ण खेलहरु कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने पनि आयोजकले जानकारी दिइयो ।

यो प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरि ८ टिमको सहभागिता रहने छ । यो प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् ।

प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने जनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?