शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट : उद्घाटन खेलमा सरस्वती क्लब विजयी (तस्वीरसहित)

काठमाडौं । शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट फुटबल प्रतियोगिता आज ‘मंगलवार’ देखि शुरु भएको छ । 

प्रतियोगिताको अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरेका थिए । मंगलवार भएको उद्घाटन खेलमा सरस्वती स्पोट्स क्लबले विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलवार भएको खेलमा सरस्वती क्लबले एफसी एस क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । छनोट खेलमा ३८ क्लब सहभागि छन् । 

 

तस्वीर : एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?