कौस्तुभ कप बिहीवारदेखि शुरु हुने

काठमाडौं । कौस्तुभ एकेडेमीको आयोजनामा दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगिता बिहीवारदेखि शुरु हुने भएको छ ।

प्रतियोगितामा ४६ ब्वाइज टिमको सहभागिता रहने कौस्तुभका प्रिन्सिपल किरणप्रकाश न्यौपानेले जनाएका छन् ।

नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित टाउन प्लानिङको फुटबल मैदानमा हुनेछ ।

पहिलो संस्करणको उपाधि कस्मिकले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?