सरकारले गणतन्त्र दिवसको अवसरमा संविधानसभा सदस्यलाई विभूषित गर्ने

काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसरमा संविधानसभा सदस्यहरुलाई विभूषित गर्ने भएको छ । 

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई विभूषित गर्न लागेकी हुन् ।

गृहमन्त्रालयले संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’बाट राष्ट्रपति भण्डारीले विभूषित गर्न लागेको जनाएको छ ।

जेठ १६ गते (बिहीवार) राष्ट्रपति कार्यालय, शीतलनिवासरमा हुने कार्यक्रममा सुशोधन समारोहको प्रवेशपत्र पाएकाले मात्र प्रवेश पाउने गृहमन्त्रालयले जनाएको छ । 

प्रवेशपत्र विना प्रवेश निषेध भएकाले भोलिदेखि जेठ १४ सम्म सुशोधन समारोहको प्रवेशपत्र लिन उसले सबै सभासदहरुलाई आग्रह गरेको छ ।

संविधानसभामा ६०१ सदस्यीय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?