मिडिया काउन्सिल विधेयकको विरोधमा उत्रिन विप्लव निर्देशन

काठमाडौं । प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले जनताको रगत र पसिनाद्वारा प्राप्त अधिकारहरु केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको बताएको छ । 

मंगलवार विप्लवले विज्ञप्ति जारी गर्दै सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई लिएर आफ्नो धारणा स्पष्ट पारेको छ । 

‘सरकारले गरेका गलत काम, भष्टाचार, कालोबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रकारहरुले लेख्न थालेपछि केपी–पीके सरकारले सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्नका लागि विभिन्न कानून र ऐनको सिर्जना गर्नै गएको छ । महिले साइबर काइम भन्दै पत्रकार गिरफ्तार गरिरहेको छ । कहिले सरकार विरोधी समाचार लेखेको नाममा यातनासम्म दिने गरेको छ ।’ जारी विज्ञप्तिमा लेखिएको छ । 

पछिल्लो समय स्वतन्त्र पत्रकारितामाथि सरकारको ठाडो नियन्त्रणमा राख्ने गरी ल्याइएको यो विधेयक खारेजकिो माग गर्दै विप्लवले भनेको छ, ‘विधेयकका विरुद्ध राजनैतिक पार्टीहरु, पत्रकार, महासंघसहितले गरेको आन्दोलनप्रति पूर्ण समर्थन गर्नुका साथै ऐक्यबद्धता व्यक्त गर्दछ ।’

यसैगरी सम्बन्धित पक्षलाई आन्दोलनमा उत्रिन पनि विप्लवले निर्देशन दिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?