पुलिसिक इंग्लिस क्लब चेल्सीमा आवद्ध

एजेन्सी । अमेरिकी क्रिस्टियन पुलिसिक इंग्लिस प्रिमियर लिग क्लब चेल्सीमा आवद्ध भएका छन् । 

उनलाई चेल्सीले साढे पाँच वर्षसम्मको लागि सम्झौता गरेको हो । नयाँ सिजनको खेलको शुरुवातमा नै पुलिसिकले चेल्सीको जर्सीमा मैदानमा उत्रने छन् । चेल्सीसँगको सम्झौता गर्दै उनी मंगलवार राति स्टामफोर्ड ब्रिजमा उत्रिएका थिए ।

उनलाई चेल्सीले ५८ मिलियन पाउण्डमा क्लबमा आवद्ध गराएका हुन् ।  

२० वर्षिय अमेरिकी स्ट्राइकल पुलिसिकले इडेन हजार्डको स्तरसम्म पुग्ने सपना रहेको बताएका छन् । उनले भने, ‘हजार्डले चेल्सीमा जति योगदान दिएका छन्, अविश्वसनीय छ म पनि हजार्ड जस्तै बन्ने प्रयास गर्नेछु ।’  

यसअघि उनले जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट खेल खेल्दै आएका थिए । पुलिसिकले पहिल्लो समय बोरुसिया डटमुण्डबाट २० खेल खेल्दै ४ गोल गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?