राजनैतिक द्वन्दका कारण आर्सनलका मिखीटार्यनले युरोपा लिगको फाइनल खेल नखेल्ने

एजेन्सी । आर्सनलका मिडफिल्डर हेन्रिक मिखीटार्यनले युरोपा लिग फुटबलको फाइनल खेल नखेल्ने भएका छन् । 

राजनैतिक द्वन्दका कारण उनले चेल्सीविरुद्धको फाइनल खेल गुमाउने भएका हुन् । चेल्सी र आर्सनलबीचको फाइनल खेल अर्को साता हुँदैछ । फाइनल खेल अजरबैजानको बाकुमा यहि मे २९ तारिमा हुँदैछ ।

आर्सनलले  फाइनलमा अर्मेनियाका मिखीटार्यनले नखेल्ने पुष्टि गर्दै यो निक्कै ‘ब्याड न्युज’ रहेको जनाएको छ । 

मिखीटार्यनले गतवर्ष क्वाराबागविरुद्धको समूह चरणको खेलमा पनि अजरवैजान भ्रमण गरेका थिएनन् । अजरबैजान र अर्मेनियाबीचको राजनीतिक द्वन्दको कारण उनले खेल नखेल्ने बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?