गोलकिपर पिटर चेक पूर्व क्लब चेल्सीमा फर्कने

एजेन्सी । आर्सनलका गोलकिपर पिटर चेक पूर्व क्लब चेल्सीमा फर्कने भएका छन् । 

चेक चेल्सीले स्पोर्टिङ डाइरेक्टरको रुपमा चेल्सीमा फर्कन लागेका हुन् । विगत लामो समय चेल्सीमा नै बिताएनका उनले यसै सिजनपछि सक्रिय खेल जीवनबाट सन्यास लिदैछन् । ३७ वर्षिय चेकले सन्यास लिएसँगै चेल्सीको स्पोर्टिङ डाइरेक्टरको जिम्मेवारी सम्हाल्ने छन् । 

उनले भने, ‘मेरो अर्को यात्राको बारेमा आधिकारिक सन्यास लिएपछि सबैलाई बताउने छु, मैले यहि मे २९ तारिखमा अन्तिम खेल खेल्दैछु ।’

साथै उनले अहिले सम्पूर्ण ध्यान युरोपा लिगको फाइनलमा रहेको पनि जानकारी दिए । चेकले आफ्नो अन्तिम खेलमा आफ्नै पुर्व क्लब चेल्सीविरुद्ध बाकुमा युरोपा लिगको फाइनल खेल खेल्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?