मेस्सीको कप्तानीमा २३ सदस्यीय अर्जेन्टिनी राष्ट्रिय टिमको घोषणा

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको लागि  लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फुटबल टिमको घोषणा गरेको छ । 

अर्जेन्टिना फुटबल संघले आसन्न कोपा अमेरिका फुटबलका लागि २३ सदस्यीय राष्ट्रिय खेलाडीको मंगलवार राति घोषणा गरेको हो । संघले ४० खेलाडीबाट २३ खेलाडीको घोषणा गरेको हो । 

मेस्सीले सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । त्यतिबेला अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएको थियो । तर, त्यसपछि अर्जेन्टिनी सरकार र फुटबल समर्थकको आग्रहमा उनी पुनः राष्ट्रिय टिम फर्किएका थिए । 

यसपटक पाउलो डिबाला र सर्जियो अगुएरो भने टिम छनोट भएका छन् । यता स्टार फरवार्ड मौरो इकार्डी भने टिमबाट बाहिरिएका छन् । 

कोपा अमेरिका जुनमा ब्राजिलमा आयोजना हुँदैछ । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र कतारसँग भिड्ने खेल तालिका रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?