किसानप्रति राज्यले लिएको नीति असान्दर्भिक : हृदेश त्रिपाठी

काठमाडौं । स्वतन्त्र राजनीतिक समुहका नेता हृदेश त्रिपाठीले किसानप्रति राज्यले लिएको नीति असान्दर्भिक भएको बताएका छन् । 

बुधवार बिहान पत्रकारसँग कुरा गर्दै नेता त्रिपाठीले सो कुरा बताएका हुन् । 

उनले ६५ प्रतिशत किसानको समस्या समाधान नभएसम्म मुलुकको सम्वृद्धि सम्भव नहुने दाबी गरेका छन् । 

किसानका लागि सरकारले छुट्याएको बजेटको १८ प्रतिशत रकम मात्र किसानसम्म पुग्ने गरेको उनले बताए । यो अवस्थामा सुधार नभए, मुलुकमा परनिर्भरता थप बढ्दै जाने उल्लेख गर्दै उनले भने, ‘उत्पादित उपजको मूल्य उत्पादकले निर्धारण गर्न नपाएसम्म मुलुकको कृषि क्षेत्रले अहिलेकै नियती भोग्ने ।’

बिचौलिया नियन्त्रण गरि कृषक र उपभोक्ताबीचको दूरी घटाउन कानूनको आवश्यक्ता  औल्याउनु पर्नेमा उनको जोड छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?