सुनको भाउ घट्यो, चाँदीको यथावत

काठमाडौं । नेपाली बजारमा बुधवार छापावाल सुनको मूल्यमा १ सयले गिरावट आएको छ ।

मंगलवार तोलामा ५९ हजार ५ सयमा कारोबार भएको सुनको भाउ बुधवार ५९ हजार ४ सयमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलमा ५९ हजार १ सयमा कारोबार भइरहँदा चाँदी तोलामा ७ सय ५ मा कारोबार भएको छ ।

चाँदी मंगलवार पनि यही मूल्यमा कारोबार भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?