राजपाद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले  लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 

बुधवार प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै राजपाका सांसदहरुले तराई, मधेश-थरूहट आन्दोलनको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।  

सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?