पार्टीलाई मिडिया काउन्सिल विधेयक अमान्य : पुष्पा भुषाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस तथा अधिव्यक्ति स्वतन्तालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ । 

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले संविधान, अन्तर्राष्ट्रिय मानवअधिकारको विधि, मूल्यमान्यताका आधारमा प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याउन माग गर्दै सरकारले ल्याएको विधेयक लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएकाले आफ्नो पार्टीलाई विधेयक मान्य नरहेको स्पष्ट पारे । 

नेकपा संसदीय दलको सचेतकसमेत रहेकी भुषालले राज्य नियन्त्रित मिडिया काउन्सिल विधेयक ल्याउन लागेको चर्चा गर्दै प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने धारणा व्यक्त गरे ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?