चलचित्र ‘आप्पा’ निर्माण टिम गर्यो प्रचारको नयाँ योजना

काठमाडौं । चलचित्र ‘आप्पा’ निर्माण टिमले प्रचारको नयाँ योजना ल्याएको छ । 

अनमोल गुरुङ निर्देशित चलचित्रमा आगामी असार १३ गतेबाट देशरभर प्रदर्शन हुँदैछ । 

‘आप्पा स्टोरी च्यालेन्ज’ नाम दिइएको यो प्रतियोगीतामा इच्छुकले दुई माध्यमबाट सहभागी हुन सक्नेछन् ।

‘फोटो स्टोरी च्यालेन्ज’ मा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै आप्पालाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ, उक्त पोस्टलाई आप्पा नेपाली मुभीको फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ ।

त्यस्तै, आफ्नो उक्त पोस्ट ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ । यस्तै, भिडियो स्टोरीमार्फत् पनि सहभागिता जनाउन सकिनेछ । आप्पा ‘पिता’ सँगको भिडियो अपलोड गरेर आप्पालाई भन्न मन लागेको कुरा बताउनु पर्नेछ । र, आप्पा फिल्मको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गर्नुपर्नेछ ।

च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी दमदार हुन्छ, त्यसलाई  विजेता घोषित गरिने निर्माण टिमले जनाएको छ । 

फोटोस्टोरीको विजेताले २५ हजार नगद र चलचित्रको प्रिमियरमा दुईवटा टिकट प्राप्त गर्नेछन् । 

भिडियो स्टोरीतर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुईवटा टिकट जित्नेछन् । यसको लागि आगामी असार ६ गतेभित्र च्यालेन्जमा सहभागि भइसक्नुपर्छ ।

चलचित्रमा दयाहाङ राई, तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास, रिंकी लगायतको अभिनय देख्न सकिनेछ । 

रुदेन सदा लेप्चाले निर्माण गरेको चलचित्रलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?