न्यू डाइमण्ड चन्द्रागिरी उपमेयर कप भलिबलको क्वाटरफाइनलमा

काठमाडौं । न्यू डायमण्ड एकेडेमी ‘ए’ र विजेश्वरी ज्ञान मन्दिर जारी चन्द्रागिरी उपमेयर कप भलिबल क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

आफ्नो मैदानमा आज ‘बुधवार’  न्यू डायमण्ड ‘ए’ ले परोपकार आदर्सलाई २-० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको स्थान तय गरेको हो । वेष्ट अफ थ्रीका आधारमा खेलाइएको खेलमा न्यू डायमण्डले परोपकारलाई २५-९ र २५-२ को सेटमा पराजित ग-यो । यो जितपछि न्यू डाइमण्ड समूह ‘ए’ बाट क्वाटरफाइनलमा पुगेको हो । 

त्यस्तै विजेश्वरीले ज्ञानसुधालाई २५-१७ र २८-२६ को सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग-यो । विजेश्वरी समूह ‘ख’ बाटबाट अन्तिम आठमा पुगेको हो । 

प्रतियोगिताको विजेताले नगद ६० हजार तथा उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार प्राप्त गर्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?