नेकपा अध्यक्षद्वयको ३ घण्टा लामो गोप्य वार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष कपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य छलफल भएको छ । 

बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच गोप्य छलफल भएको थियो । 

करिब ३ घण्टा लामो चलेको गोप्य छलफलमा सरकारका काम कारवाहिप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ र सरकारले ल्याएको विधेयकका साथै आगामी जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । 

दुई नेताको तीन घण्टा लामो छलफलपछि उनीहरुले पार्टीका महासचिव विष्णु पौडेललाई समेत बालुवाटार बोलाएका थिए । 

त्यसपछि ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ । 

सरकारले गत वैशाख २६ गते संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बनधी विधेयकमा प्रमुख प्रतिपक्षी दल तथा सञ्चारर्कीहरुले चर्को विरोध गर्दै आएका छन् । 

प्रमुख प्रतिपक्षले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै हालतमा पारित गर्न नदिने अडान राख्दै आएको छ । 

यीनै विषयलाई लिएर नेकपाका दुई अध्यक्षबीच गोप्य वार्ता भएको हो । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?