हेगरबर्ग ‘बीबीसी वुमन्स फुटबलर अफ दि इयर’ घोषित

एजेन्सी । एडा हेगरबर्ग ‘बीबीसी वुमन्स फुटबलर अफ दि इयर’ घोषित भएकी छिन् ।

फ्रान्सेली क्लब लियोनकी स्ट्राइकर हेगरबर्गले विश्व फुटबल समर्थकबाट सर्वाधिक भोट प्राप्त गर्दै सो अवार्ड हात पारेकी हुन् । नर्वेका २३ वर्षिया हेगरबर्गले उल्फवर्गकी पेर्निल हार्डर र सिकागोकी साम केरलाई पछि पार्दै उनले सो अवार्ड प्राप्त गरेकी हुन् ।

बालोन डी ओर विजेता हेगरबर्गले यस सिजन क्लबलाई च्याम्पियन्स लिग, फ्रेन्च लिग र फ्रेन्च कपको उपाधि दिलाउन मुख्य भूमिका खेलेकी थिइन् । उनले यो सिजनमा क्लबका लागि ३३ खेलमा २९ गोल गरेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?