नेकपा अध्यक्ष र बेलायती मन्त्री सागबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायती अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागबीच भेटवार्ता भएको छ । 

बुधवार दिउँसो ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा दुईबीच भेटवार्ता भएको हो । 

भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको अध्यक्ष प्रचण्डले बताए ।  

भेटमा अध्यक्ष प्रचण्डले भने, ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?