एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए

एजेन्सी । संयुक्तराष्ट्र संघीय आप्रवासन निकाय (आइओएम) ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ । यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन् ।

आइओएमले बुधवार प्रकाशन गरेको प्रतिवेदनमा इरानबाट मात्र एक लाख ७४ हजार १ सय ८५ जना शरणार्थी अफगानिस्तान फर्किएको उल्लेख छ ।

इरानमा लामो समयदेखि रोजगारी पाउन समस्या भएपछि उनीहरु स्वदेश फर्किएको बताइएको छ ।

यसैबीच, पाकिस्तानबाट नौ हजार ५ सय १९ जना तथा युरोपेली मुलुकहरुबाट ७ सय १५ जना अफगानी स्वदेश फर्किएका छन् ।

अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्ष सन् २०१८ मा छिमेकी मुलुकहरुबाट आठ लाख ४९ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका वा फिर्ता गरिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?