भारतीय लोकसभा चुनाव : प्रारम्भिक मतगणनामा बीजेपीको अग्रता

नयाँदिल्ली । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीले अग्रता लिएको छ । 

मतगणना शुरु भएको करिब ४५ मिनेटको अवधिमा सत्तारुढ गठबन्धन एनडीए अग्रस्थानमा रहेको हो ।

एनडीए ८६ स्थानमा अगाडि देखिएको छ ।

कांग्रेससहितको विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा पछि छ । 

यूपीएले २३ स्थानमा अग्रता लिएको छ ।

अन्य दल ३२ स्थानमा अगाडि छन् ।

भारतमा चैत २३ देखि शुरु भएको निर्वाचन गत आइतबार सम्पन्न भएको थियो । 

कुल ५ सय ४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । 

जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् ।

कुल ५ सय ४३ सिटमध्ये बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्दछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?