राहुल स्मृतिभन्दा २ हजार मतले पछि

नयाँदिल्ली । भारतीय लोकसभा चुनावको मतगणनाको प्रारम्भिक गणनामा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् । 

दुई स्थानबाट उम्मेदवार बनेका गान्धीलाई अमेठी क्षेत्रमा नायिका स्मृति इरानीले पछि पारेकी हुन् । 

आजतकका अनुसार पछिल्लो परिणाममा राहुल स्मृतिभन्दा २ हजार मत कम ल्याएर दोस्रो स्थानमा छन् भने स्मृति पहिलो स्थानमा छिन् । 

अमेठीमा राहुल दोस्रो स्थानमा देखिएपनि केरला राज्यको यायनाड निर्वाचन क्षेत्रमा राहुललाई अग्रता मिलेको छ ।

भारतमा चैत २३ देखि शुरु भएको निर्वाचन गत आइतबार सम्पन्न भएको थियो ।

कुल ५ सय ४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?