निरन्तर घट्दै सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

बुधवार तोलामा ५९ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीवार घटेर तोलामा ५९ हजार २ सयमा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सयमा कारोबार भएको छ भने चाँदी तोलामा ७ सयमा कारोबार भएको छ ।

बुधवार चाँदी तोलामा ७ सय ५ मा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?