बैतडीमा आगलागी हुँदा एकै परिवारको तीनको जलेर मृत्यु

बैतडी । बैतडीमा बुधवार राति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ । 

पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेका छन् । 

बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीका अनुसार पुर्चौडी नगरपालिका–५, कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए ।

चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ ।

बुधवार राति ९ः४५ बजेतिर आगो लागेको कारण उनीहरुलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?